अखिल नेपाल महिला संघ बूढानीलकण्ठको एक दिने प्रशिक्षण सम्पन्न



अखिल नेपाल महिला संघ बूढानीलकण्ठ नगर कमिटीको एक दिने प्रशिक्षण कार्यक्रम अनेमसंघ केन्द्रिय सदस्य सरिता न्यौपानेको प्रमुख प्रशिक्षणमा बूनपा-६ स्थित छहारी भवनमा सम्पन्न भएको छ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाबाट अनेमसंघको जिल्ला, प्रदेश एबम केन्द्रमा प्रतिनिधित्व गर्ने महिला नेत्रीहरु एबम बूढानीलकण्ठ नगर कमिटिका सचिवालय सदस्यहरु प्रशिक्षार्थीको रुपमा रहेका थिए।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रत्न गुरुङले अनेमसंघ र पार्टी इतिहास, केन्द्रिय सदस्य तथा जिल्ला संयोजक सरिता दाहालले संगठन व्यवस्थापन र बैठक सञ्चालन बिधिमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा नगरप्रमुख उद्वव खरेल, अनेमसंघ केन्द्रिय सदस्य सरिता निरौला तथा अनिता लामाले शुभकामना मन्तव्य दिएका राखेका थिए। कार्यक्रममा नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाका अध्यक्ष प्रदीप डङ्गोल, नगर उपप्रमुख रमा देवी राइ, अनेमसंघ नगर इन्चार्ज देवी रेग्मी लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्