महानगर कमिटीलाई जिल्ला कमिटी नै बनाउनुपर्ने प्रस्ताव



नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगर कमिटी सचिवालयको पूर्ण बैठकले नेकपा एमालेको विधान महाधिवेशनमा काठमाडौं उपत्यकालाई एक प्रदेश र महानगर कमिटीलाई जिल्ला कमिटी बनाउनुपर्ने सुझाव पठाउने निर्णय गरिएको कमिटीका अध्यक्ष निर्मल देउलाको बताएका छन् ।

अध्यक्ष देउलाका अनुसार २०४७ सालमा पार्टी कामलाई व्यवस्थित बनाउन गाउँ जिल्ला कमिटी र नगर जिल्ला कमिटीगरी काठमाडौं जिल्लामा पार्टीका दुई जिल्ला कमिटीहरु क्रियाशील थिए । त्यसैगरी नेकपा एमालेको पाँचौं महाधिवेशनपछि काठमाडौंमा ७ ओटा विशेष जिल्ला कमिटी गठन गरिएको थियो ।

देशको संघीय राजधानी भएको भूगोल र जनसंख्यामा पनि महानगर अत्याधिक रहेकोले नेकपा एमालेको आगामी विधान महाधिवेशनबाट काठमाडौंमा जिल्ला कमिटी र महानगर जिल्ला कमिटी बनाउन अत्यावश्यक रहेको अध्यक्ष देउलाले बताए ।

बैठकले प्रत्येक वडाका ईञ्जार्जहरुले उत्साहजनक रुपमा काम गरेको निष्कर्ष सहित कार्ययोजनाको बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिएको, १० बुँदे सहमतिको कार्यान्वयनले कार्यकर्तामा उत्साह थपेको निष्कर्ष समेत गरेको कमिटीका अध्यक्ष निर्मल देउलाले सेतोपेजलाई जानकारी दिए।

नेकपा एमाले काठमाडौं महानगरको आक्रामक योजना : सदस्यता नवीकरण, पार्टी कमिटी विस्तारलाई टोल-टोलमा पुर्याउने निर्णय

बैठकमा पार्टी केन्द्रिय कमिटी सदस्य तथा महानगर कमिटीका ईन्चार्ज नारायण सिलवाल, महानगर प्रमुख विद्या सुन्दर शाक्य, सांसद केशव स्थापित, अजय क्रान्ति शाक्य, राजेश शाक्य, हरि अधिकारी र गणेश दुलालको समेत सहभागीता रहेको थियो।

यो पनि पढ्नुहोस्

नेकपा एमाले काठमाण्डौ महानगर कमिटीले टुङ्ग्यायो सचिवालय,वडा ईन्चार्ज र विभागहरुको जिम्मेवारी (नामावली सहित)

प्रतिक्रिया दिनुहोस्