नेकपा एमाले काठमाडौं महानगरको आक्रामक योजना : सदस्यता नवीकरण, पार्टी कमिटी विस्तारलाई टोल-टोलमा पुर्याउने निर्णय



नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो पूर्ण बैठकमा एमाले केन्द्रिय सदस्य तथा महानगर ईन्चार्ज नारायण सिलवालले काङ्ग्रेस कुकृत्यको विरुद्धमा लाग्न पार्टी कमिटीलाई आव्हान गरेका छन्।

बैठकमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य निर्मल कुईकेलले पार्टीका असन्तुष्ट पक्षका नेताहरुलाई गाली गर्दा पनि फर्कन नसक्ने ठाउँमा पुग्न नहुनेमा जोड दिएका छन्। कुनैबेला पार्टीका भ्रष्टाचारी घोषणा गरिएका नेतालाई पार्टी उपाध्यक्ष मान्नुपर्ने विगत रहेको स्पष्ट पार्दै संयमित भएर पार्टीका असन्तुष्ट पक्षहरुलाई मुलधारमा ल्याउनु पर्नेमा जोड दिए।

पार्टी पूर्ववत अवस्थामा फर्किने निर्णय गरेको भएपनि जिल्ला कमिटिका सचिव विद्या सुन्दर शाक्यलाई सचिव नबनाएकोमा नेता कुईकेलले आक्रोस व्यक्त गरेका थिए।


नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो पूर्ण बैठक भोलि हुँदै

पार्टी नेता तथा संघीय सांसद रामबीर मानान्धरले काठमाडौं भारतको बिहारमा जन्मिएका केजरीवालले दिल्लीको मुख्यमन्त्री भएको प्रसङ्ग जोड्दै पार्टी नेतृत्वमा हस्तक्षेप नगर्दा मतदाता र करदाता मात्र हुनेतर्फ चिन्ता व्यक्त गरे।

प्रदेश सभा सदस्य तथा पूर्व महानगर प्रमुख केशव स्थापितले यथास्थितिमा पार्टी कमिटीको परिचालन र संचालनले आगामी निर्वाचन जित्न निकै गाह्रो हुने बताउँदै पार्टी सदस्य र कार्यकर्तालाई परिचालन गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको अध्यक्षता र संचालनमा भएको बैठकले ५१ सदस्यीय महानगर सचिवालयको गठन, गर्नुका साथै वडा कमिटीको ईन्चार्ज तोक्ने, जनवर्गीय संगठनको ईन्चार्ज तोक्ने अधिकार सचिवालयलाई दिएको छ।

त्यसै गरी कार्यालय बनाउन बाँकी रहेका वडाहरुमा तत्काल कार्यालयको स्थापना गर्नुपर्ने, टोल कमिटीहरुको गठन गर्नुपर्ने, वडा कमिटीका बैठकहरु नियमित रुपमा गर्नुका साथै पार्टी सदस्यता नवीकरण र वितरणलाई थप व्यवस्थित बनाउन समेत शाखा कमिटीहरुलाई निर्देशन दिएको छ।

महानगरमा पार्टी नेता विद्या सुन्दर शाक्य नेतृत्वमा पार्टीले जितेपछि उल्लेख्य काम गरेको भएपनि उचित प्रचारको अभावले कामै नभए जस्तो बुझिएको उल्लेख गर्दै प्रचारको कामलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने, विविध किसिमका सामाजिक कार्यक्रमहरु आयोजना गर्ने निर्णय समेत गरेको छ। बैठकमा महानगर प्रमुख विद्या सुन्दर शाक्य सहभागी भएपनि कार्यक्रममा आफ्नो विचार राख्न चाहेनन्।

प्रतिक्रिया दिनुहोस्