नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो पूर्ण बैठक भोलि हुँदै



नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो पूर्ण बैठक २०७८ साउन २५ गते सोमबार दिनको १ बजे नेपा: बैंकट नयाँ बजारमा हुने भएको छ।

नेकपा एमाले महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार बैठकले वडा कमिटीको ईन्चार्ज, विभागीय प्रमुखहरु र जनवर्गीय संगठनका ईन्चार्जहरु तोक्नुका साथै बाँकी रहेका शाखा कमिटीको कार्यालय स्थापना गर्ने निर्णय गर्ने बुझिएको छ।

त्यसको साथै आगामी असोज ९ गते गरिने प्रत्येक वडा कमिटीको अधिवेशन केन्द्रित भै सदस्यता नवीकरण तथा वितरण, टोल कमिटीको गठन, वडा स्तरमा जनवर्गीय संगठन गठन, मतदाता नामावली अधावधिक लगायतको विषयमा कार्ययोजना समेत तयार गरिने छ।

प्रतिक्रिया दिनुहोस्