पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थाल्यो : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् ।

काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए ।

राजनीतिको दलालीकरण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन,’ उनले भने, ‘दलालीकरणको भद्दारुप अहिले देखिइरहेको छ ।’

हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्