सरकारले खोपसँगै राहत प्याकेज ल्याउँछ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताएका छन् । अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको पनि उनले बताए ।

बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज सरकारले ल्याउँदै छ, अर्थ मन्त्रालयले यसको तयारी गरिरहेको छ ।’

कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो समेत देखाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्