प्रधानमन्त्री देउवालाई विप्लवले भेट्दै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट्दैछन् ।

यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लव निकट एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्