थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु, १,५९५ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस(कोभिड)१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्