श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न कांग्रेसको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले बताए ।

केन्द्रीय सदस्यसमेत रहेका छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्