एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ ।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले बताए ।

‘प्रधानमन्त्री भएको बेला भेट भइरहन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि कसैको पनि भेट भएको थिएन । त्यसैले के छ हालखबर पनि बुझौं भनेर गएका हौं, भेटमा सहभागी नेता अनिल झाले बताए ।

प्रतिक्रिया दिनुहोस्