अदालतले कीर्ते कागजलाई मान्यता दियो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गरे । ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो,’ उनले भने, ‘यो फैसलामा हाम्रो सहमति छैन ।

एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्