पुँजीबजार जनताको हितमा छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ ।

यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी लक्ष्यबारे विस्तृतमा जानकारी गराउने उनको तयारी छ ।

अहिले लगानीकर्ता‘पर्ख र हेर’को अवस्थामा छन् । अर्थमन्त्रीको आगामी लक्ष्य र मौद्रिक नीतिको पर्खाइमा समेत लगानीकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्