एमाले सांसदहरुले बहिस्कार गरे लुम्बिनी प्रदेशसभा बैठक



बुटवल । सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिँडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

प्रदेशसभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद चलिरहेको छ । विपक्षी दलहरुले बजेट छलफल अगाडि नै यसको निर्क्यौल गर्नुपर्ने मत राखेका छन् ।

त्यसका लागि सत्तारुढ दल तयार नभए पनि विपक्षी दलहरुले बजेटमाथि सैद्धान्तिक छलफल गर्न सहमत भए । मन्त्रालयगत छलफल सकेर मन्त्रीहरुका साथै मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार जवाफ दिए । त्यसक्रममा मुख्यमन्त्री पोखरेलले बजेटबारे निर्णय गर्नुअघि दलहरुबीच छलफल गर्नुपर्ने भन्दै समय मागे ।

प्रतिक्रिया दिनुहोस्