ललिता निवास प्रकरण : अदालतमा हाजिर भए विजय गच्छदार



काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणको भ्रष्टाचारमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।

भ्रष्टाचार मुद्दा लागेपछि सम्पर्कबिहिन भएका उनी आज अदालतमा हाजिर भएका हुन् । अदालतमा उनको आजै बयानको तयारी भएको छ । लगत्तै उनको थुनछेक बहस हुनेछ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

गत वर्ष फागुनमा विशेष अदालतले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार सम्पर्कमा थिएनन् । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्