कर्णालीमा आज पनि प्रदेशसभा बैठक अवरुद्ध



सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आइतबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

फ्लोरक्रस गरेर मन्त्री बनेका तीनजना एमाले सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सरकारबाट फिर्ता नआएको भन्दै एमालेले संसद अवरोध गर्दै आएको हो ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि एमालेको निरन्तर अवरोधले सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन ।

आइतबार पनि बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । एमाले सांसद पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्