एमालेले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । कार्यदलको बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्