कांग्रेस केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको धर्ना



काठमाडौं । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

विभिन्न ६ बुँदे माग राखेर उनीहरु आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।

पार्टीमा छलफल नै नगरी इन्ट्री गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नविकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिस बिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने लगायतका माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्