खोप अभावमा कोही तड्पिन पर्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तड्पिन नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए । ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’

उनले नेपालमा प्रचलित आयुर्वेद विज्ञानको शासक वर्गले प्रचार प्रसार नगरेका कारण नेपालीहरु धामी झाँक्रीमा विश्वास गर्न पुगेका बताए ।

प्रतिक्रिया दिनुहोस्