हस्ताक्षर फिर्ता नगर्ने मेरो बटमलाइन हो : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।

‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।

नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारी छ । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्