प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गयो : रायमाझी



काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए ।

‘गएको चुनावमा नेकपा एमालेसंग नमिलेको हुन्थ्यो भने कतिऔं पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्