नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४ औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्र उम्मेदवार हुने बताएका छन् ।

उनले भने महाधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि तीनै जना नेतापुत्र एक ठाउँमा रहने बताएका हुन् ।

‘हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन’ उनले भने, ‘त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्यो भने हामीमध्ये एक जना उभियौं भने सजिलोसंग (नेतृत्व) हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ ।’

कांग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच तीनैजनाको निवासमा पालैपालो भेटघाट भएको थियो । वीपी पुत्र कोइरालाले आफूहरु एक ठाउँमा उभिए अरु नेतृत्वका आकांक्षीलाई पनि मनाउन सजिलो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्