एमाले कार्यदलमा सहमतिको मस्यौदामाथि छलफल जारी



काठमाडौं । नेकपा एमालेको कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

कार्यदलका सदस्यहरु शुक्रबार मध्यान्हदेखि अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । बैठकबाट बाहिरिएका कार्यदलका सदस्य रघुजी पन्त भन्छन्, ‘मस्यौदामा हामीले छलफल गर्‍यौं, हामीले लागेका सुझावहरु दियौं ।’

छलफलमा आएका रायहरुलाई समेटेर सम्भव भएसम्म आजै अन्तिम रुप दिने प्रयास हुने उनले बताए । पन्त भन्छन्, ‘हामीले पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदाहरु सहमतिका साथ बनाउने कोसिस गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्