कोरोना खोपको माग गर्दै कास्कीमा ग्यास आपूर्ति रोक्ने निर्णय



पोखरा । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै व्यवसायीहरुले कास्कीमा बिहीबारदेखि एलपी ग्यास आपूर्ति रोक्ने भएका छन् ।

अगपंतिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपनि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको एलपी ग्याँस विक्रेता संघ कास्कीले जनाएको छ । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भएपनि उपेक्षा गरिएको संघका संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए ।

संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाउँदै खोपको व्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जनाएको छ ।

‘कोरोनाको पहिलो र दोस्रो लहरमा पनि नागरिकको जीवन यापनमा समस्या नपरोस् भनेर रातदिन आपूर्ति कम हुन लिएनौं । सरकारले अत्यावश्यक पदार्थ भन्छ तर खोपमा प्राथमिकतामा राख्दैन, यो निकै विडम्बनापूर्ण छ,’ संघका सचिव कुशल पौडेलले भने, ‘बाध्य भएर खोपको प्रवन्ध नहुँदासम्म आपूर्ति ठप्प पार्ने निर्णयमा पुग्यौं ।’

प्रतिक्रिया दिनुहोस्