नेपालमा कोरोनाको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहलाई असर पार्ने



काठमाडौँ । नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतना अपनाउन आग्रह गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई.१ भनिने के१४१७एन म्युटेसन भेटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्