विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाएका छन् ।

सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।

कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन् । तीन नेताबीच निधि निवास मध्य वानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्