दश लाख भन्दा बढीको खाद्यान्न लिएर अनेरास्ववियुको केन्द्रीय टोली पुग्यो मेलम्ची



विधार्थीहरुको लोकप्रिय संगठन अनेरास्ववियु सिन्धुपाल्चोकको मेलम्चीमा दशलाख भन्दा बढीको खाद्यान्न, त्रिपाल र औषधी सहित पुगेको नेता चन्द्र थिङ्गले बताएका छन्।

प्रकोप पीडित जनताको उद्धार र राहतमा लाग्न पार्टी कार्यकर्तालाई प्रदेश अध्यक्ष पोखरेलको निर्देशन

नेता थिङ्गका अनुसार करिब २ लाख बराबरको आपतकालीन औषधी सहित स्वास्थ्य टोलि, २०० बाेरा चामाल, २०० प्याकेट तेल, ५० थान पाल र २५ थान टेन्ट गरी जम्मा १० लाख बराबरकाे राहत सामग्री वितरण गरेको जानकारी दिँदै अनेरास्ववियुका नेता कार्यकर्ता निरन्तर उद्दार कार्यमा जुटिरहेको जानकारी दिएका छन्।

टोलीमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष ऐन महर, नेता समिक बढाल, चन्द्र थिङ्ग लगायतको सहभागीता रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्