प्रकोप पीडित जनताको उद्धार र राहतमा लाग्न पार्टी कार्यकर्तालाई प्रदेश अध्यक्ष पोखरेलको निर्देशन



नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले विज्ञप्ति जारी गर्दै प्रकोप पीडित जनताको उद्धार र राहतमा लाग्न एमालेका नेता–कार्यकर्ताहरु, निर्वाचित जनप्रतिनिधिहरु र जनसंगठनहरुलाई निर्देशन दिएका छन्।

अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,” यस पीडाको घडीमा धैर्य र संयमता अपनाई पीडामा परेका जनसमुदायको उद्धार, राहत र पुनर्वासको लागि तीनै तहका सरकार जिल्ला प्रसाशन, प्रहरी, सशस्त्र प्रहरी, सेना, उद्धारकर्मी र रेडक्रस समेतको सहकार्यमा तत्कालै प्रकोप क्षेत्रमा पुग्न नेकपा एमालेका नेता–कार्यकर्ताहरु, निर्वाचित जनप्रतिनिधीहरु, र जनसंगठनहरुलाई हुन अनुरोध गर्दछु ।”

अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्