घरायसी विवादमा श्रीमतीमाथि आफ्नै श्रीमानले एसिड छ्यापे पछि….



रौतहट । रौतहटमा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरापालिका वडा नम्बर-४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जनकारी दिए ।

दीपीकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटि अस्पतालमा उपचार भइरहेको छ । दीपीकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्