डा. राजन भट्टराईको स्टाटसले प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने सांसद नरोत्तम बैध पक्राउ पर्ने संकेत



नेकपा एमालेका विदेश विभाग प्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जनप्रतिनिधिले सभाको रोष्टममा रेकर्ड सहित बोलेको बिषयलाई क़ानूनी दायरामा ल्याई कार्बाही गर्न माग गरेका छन्।

प्रदेश सांसद नरोत्तम बैधको नाम उल्लेख नगरी डा. राजन भट्टराईले फेसबुक स्टाटसमा लेखेका छन् “एकजना जनप्रतिनिधीले सभाको रोष्टममा उभिएर छिमेकि मूलुकको उदाहरण समेत दिदै प्रधानमंत्रिको हत्या गर्छु भने । अर्थात् उनको यो भनाई त्यत्तिकै प्रतिक्रिया स्वरूप आएको होईन यो उनले सोचेरै बोलेका हुन ।औपचारिक सभामा रेकर्ड सहित बोलेको बिषयलाई क़ानूनी दायरामा ल्याई कार्बाही गरियोस। “

वैद्यको अभिव्यक्ति आपराधिक र निन्दनीय छ : एमाले

डा. राजन भट्टराईको स्टाटस हेर्दा प्रदेश सांसद नरोत्तम बैध पक्राउ पर्ने संकेत देखिएको छ। पशुपति क्षेत्र विकास कोषमा कर्मचारी रहँदै नेपाली काँग्रेसबाट काठमाण्डौ ४ (क) बाट उम्मेद्वारी दिएका नरोत्तम बैधले विरोध पछि अघिल्लो मितिमा राजीनामा दिएको व्यहोरा मिलाई सांसद बनेका हुन्।

संसदमा प्रधानमन्त्रीको हत्या गर्छु भन्ने काँग्रेस सांसदलाई तत्काल पक्राउ गर्न एमाले नेता पोखरेलको माग

सेतोपेजको कुराकानीमा नेकपा एमाले काठमाण्डौ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भने,” प्रदेश सांसद नरोत्तम बैधको अभिव्यक्ति अत्यन्तै निन्दनीय रहेको बताउँदै कानुनी दायरामा ल्याउन माग गर्दछु। पशुपति क्षेत्रमा बसोबास गर्ने एउटा प्रतिनिधिको आँटले मात्र यस्तो अभिव्यक्ति दिएको नभएर यो विपक्षी गठबन्धनको अभिव्यक्ति हो। यस किसिमका गम्भीर योजनामा संलग्न नभई यसबाट गम्भीर पाठ सिक्न एमालेका बिद्रोही पक्षलाई अनुरोध गर्दछु। “

प्रतिक्रिया दिनुहोस्