संसदमा प्रधानमन्त्रीको हत्या गर्छु भन्ने काँग्रेस सांसदलाई तत्काल पक्राउ गर्न एमाले नेता पोखरेलको माग



नेकपा एमाले बागमती प्रदेश अध्यक्ष आनन्द प्रसाद पोखरेलले महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्तिलाई विपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै कडा कार्वाहीको माग गरेका छन्।

पोखरेलको दावी छ, “केही समयदेखि प्रधानमन्त्री ओलीबिरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारिक रुपमा मात्र होइन, भौतिक रुपमा प्रधानमन्त्रीलाई सफाया गर्न सक्ने सूचना प्राप्त भैरहेको भन्दै बागमती प्रदेश सांसद नरोत्तम बैद्यको अभिब्यक्ति सोहीअनुसार आएको बताएका छन्।”


प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

‘प्रदेश सभाको बैठकमा प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने ब्यक्तिलाई तत्कालै पक्राऊ गरी ज्यानमार्ने अभियोगमा मुद्दा चलाऊन समेत अध्यक्ष पोखरेलले माग गरेका छन्। सामाजिक संजालमा लिखित पोखरेलको स्टाटसमा भनिएको छ,” यो बिषय सामान्य होईन, ब्यक्तिले मात्र लहडमा बोलेको होईन । यसमा गम्भिरै षडयन्त्र लुकेको छ । यसमा संलग्न सबै दोषिहरु पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार सँग जोडदार माग गर्दछु। “

अध्यक्ष आनन्द प्रसाद पोखरेलको स्टाटस :

केही समय यत्ता हाम्रो पार्टीका श्रदेय अध्यक्ष एबं सम्माननीय प्रधान मन्त्रि केपी शर्मा ओली बिरुध गठबन्धन लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारीक रुपमा मात्र होईन भौतिकरुपमा ऊहालाई सफ़ाई गर्न सकने सुचना प्राप्त भैरहेको थियो ।हामि त्यसलाई सुक्षम रुपले अध्यान गरिरहेका थियौ । हिजो मिति २०७८ /२/२८ गतेका दिन काठमाण्डू प्रदेश ने ४ क बाँट निर्बाचित नेपाली काँग्रसका प्रदेश सभा सदस्य नरोत्तम बैधले बागमति प्रदेश सभाको बैठकको रोष्टमा ऊभिएर माहात्म गान्धिलाई नथुराम गोड्सले मारे झै केपी शर्मा ओलीलाई मार्नु पर्छ र मार्छु भनेर बोलेका छन ।प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमंत्री लाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरि तत्कालै पक्राऊ गरि ज्यानमार्ने ऊधोग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु । यो बिषय सामान्य होईन ब्यकतिले मात्र लहडमा बोलेको होईन । यसमा गम्भिरै षड्यंत्र लुकेको छ । यसमा संलग्न सबै दोषिहरु पत्ता लगाऊन एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माँगा गर्दै छु । हत्या जस्तो गम्भिर अपराधको वकालत गर्नेसबैलाई कानूनको दायरामा ल्याऊन अनुरोध पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस्