मुख्यमन्त्री गुरुङले भने : मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकतावद्ध बनाउँछु



पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । उनले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै विश्वासको मत मागेका हुन् ।

‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकतावद्ध बनाउँछु’ उनले भने ।

राजनीति द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि हो भन्दै उनले समाज रुपान्तरणका लागि बहुलताका बीच एकता कायम गर्नुपर्ने पनि बताए ।

आफूले विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्