अक्सिजनको खाली सिलिन्डर उद्योगमा पुर्‍याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पुर्‍याइदिन आग्रह गरेको छ ।

विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमै समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पुर्‍याइदिन आग्रह गरेको हो ।

‘ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठेरो पर्न जान्छ’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्