राजनीतिक कोरोनाको नेपालमा प्रभाव



डा.उत्तम खनाल (अर्थराजनीतिक विश्लेषक)

विज्ञान र प्रविधिलाई चूनौति दिदै मानव सभ्यताको विकासलाई धरापमा पार्ने काम जति चुनौतिपूर्ण बन्दै गयो त्यतिनै मात्रामा त्यसलाई सामना गर्ने क्षमता नेपालको राजनीतिले दर्शाउन सकेन । जनतालाई कोरोनाबाट मुक्त गराउने दायित्व लिएका बाघडोरका चालकहरु बरु आफैमा स्वयम राजनीतिक कोरोनाबाट संक्रमित बन्दै गए । मुलुकले शान्तिको श्वास फेर्न खोजेको अवस्थामा अक्सिजन विहिन आत्माहरुको छट्पटाई रहेका विक्षिप्तताको दृष्यलाई कहालिलाग्दो पर्दाबाट हेरिरहनुको विकल्प आम सर्वसाधारण जनतामा नभएको भान परिरह्यो । विषम परिस्थितिमा आफूलाई अब्बल देखाउने र निर्दोष देखाउँदै जनताको जिउज्यानको सुरक्षाको जिम्मा लिनेहरु नै उक्त खेलबाट अघोषित रुपमा मैदान छाड्न थाले । दुख र पिडाले भरिएका मनहरु माथि एकपछि अर्को गर्दै चोटहरु थपिएको हेरिरहनु पर्ने अनौठो दृष्य विस्तारै सामान्य झै बन्दै गयो । हरेक क्षेत्रमा फैलिएको बढ्दो क्यान्सररुपी कोरोनाले हरेक दिन तर्साउन छाडेन र शान्तिको सास लिने अवसर दिन मानेन ।

किन देखियो त आँखिर यस्तो अवस्था ?
नेपाली जनताले शान्तिको महसुश गर्दै विकासमा आफू पनि सहभागि हुने सुनौला अवसर मिल्छ कि भनेर तत्कालिन नेकपालाई झण्डै दूई तिहाईको नजिक पुग्ने गरी भोट दिएर जिताए । गरीव र सर्वहाराले पनि हरेक स्थानमा समानुपातिक विकास लगायतका अन्य क्षेत्रहरुमा अवसर पाउने विश्वस गरे तर सरकारले जनताको अभिमतलाई बुझ्न सकेन । नेकपामा पार्टी भित्र दलिय भागबण्डा नमिलेको वा गुठ उपगुठहरु मौलाउँदै जाँदा एउटा सुन्दर चौतारामा रहेको पिपलको बोटमा ऐजेरु पलायको जस्तो उक्त पार्टीलाई देखिन थाल्यो । एउटा जम्बु विमान गन्तव्यमा पु¥याउनका लागि भनेर कक्पिटमा बसेका दुई जना काप्टेनहरु समयको केहि अन्तराल पछि एकै ध्रुवतिर फर्किएर जहाँज उढाउन नसक्ने अवस्थामा रहेका छौ भन्दै फरक ध्रुवतर विमान उढाउने प्रयास गरिरहेको बताउन थाले । कक्पिटमा रहेका चालकको यस्तो माईकिङ्गको आवाजले विमानमा सराव धेरैको होस् उढेर विचेतसम्म पनि नभएका होईनन् । तर फरक ध्रुवतर्फ एउटै विमानलाई उढाउने र आफ्नै गतिको उचित स्थानमा अवतरण गराउने दुवै क्याप्टेनको मनसाय रहनु र त्यसको परपर रहेका अन्य पाईलटहरुको सांकेत पाउनुले गर्दा जहाज कति वेला कहाँ क्षतिग्रस्त हुन्छ भन्ने कुराको कुनै टुंङ्गो थिएन ।

विमानमा सवार निकै पिडित मनसायबाट प्रेरित रहेको भान परिरहेको थियो । त्यो विमानको तल आम नागरिहरुले आकाश तर्फ फर्किएर हामीले केहि पाउँदैछौ कि भन्ने आशा मारेर बस्न सकेका थिएनन् । विपक्ष दल नेपाली कांग्रेसले एउटा बलियो प्रतिपक्षको रचनात्मक भूमिका निभावने कामबाट पनि विस्तारै विमुख बन्दै गएको अनुभूति स्वयम तिनका कार्यकर्ताबाट ब्यक्त हुन थाले । पार्टीका नेताहरु दलिय संरचना भित्र रहँदा नीति, विधि र थितिबाट परिचालित नभएर पावर दलका आधारबाट प्रेरित बन्दै गएको देखियो । फलस्वरुप सरकार र पार्टी संचालनमा कुनै पनि दृष्टिकोणबाट तालमेल नखाएको भनाईहरु वाहिर आउन थाले । यसले पार्टीमा गुठको विकास गर्ने काम त भयो नै त्यसको अलावा आफ्नै पार्टीमा आफूले न्याय नपाएको कुरा मिडिया मार्फत वाहिरिनु कस्तो दुरदशा रहेछ भन्नुको विकल्प देखेका थिएनन् । सरकारले केहि निकटतम व्यक्तिको कुरा सुन्ने र अरुको विचार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेतले नसुन्ने परिपाटी विकसित बन्दै गायो । यस्ता कार्यले दुई खेमा तथा धारबाट आएका दलका नेताहरु एकै स्थानमा एकआपसमा खुल्न र एक अर्कालाई विश्वास गर्ने अवस्थामा टिकिरहन सक्ने स्थिति थिएनन् यद्यपि बाध्यताले गर्दा उनिहरुको मुखमा बुझो लागेको थियो । दुई अध्यक्षको मिलेमतोबाट बनेको गठबन्धन दिर्घकालिन नहुने कुरामा स्वयम दलका तिनै नेताहरु विश्वस्त थिए जतिबेला पार्टी एकिकरण गर्दा दोस्रो तहका नेताहरुमा समेत छलफल चलाईएन । जे ग¥यौ हामीले ग¥यौ, राम्रोको लागि ग¥यौ र तपाईहरुले हामीले जे भन्छौ त्यहि मान्नुपर्छ भन्ने हुकुमीसैलिको सुरुवाती भयो । दोस्रो दर्जाका नेताहरुले समेत आफ्नो स्थान सुरक्षाका लागि हो मा हो मिलाउने भन्दा अन्य वैचारिक कुरा उठाउने आँट गर्न सकेका थिएनन् ।

एकातिर उनिहरु पार्टीको निर्देशन मानेको भनेर बोल्दै आफू मिलेको ढाँचा पार्दै हुन्थे भने अर्कातिर आफूलाई वेआवस्ता गरेर हैसियत नदिएको गुनासो पोखिरहेका हुन्थे । यि दुवै खालको परिस्थितिले पार्टी विधिबाट चलेको थिएन र भागबण्डा तथा लेनदेनबाट चल्दै आएको कुरा प्रस्ट हुँदै थियो । पार्टीले अग्रपंतिमा रहेका नेताको समायोजन गरिसकेको कुरा दुबै तर्फका अध्यक्षले एकसाथ बोल्दा आफूलाई कुन स्थानमा राखिएको छ भनेर तिनै छ सात जनाको मुख हेर्नुको विकल्प अन्य नेता तथा कार्यकर्तामा नदेखिनुले यो कुन खालको कम्युनिष्ट हो भनेर सजिलै छुट्टयाउने आँट कसैमा थिएन बरु थियो त कुन भाग आफ्ना लागि सुरक्षित गराउने भनेर । यस्तो परिघटनाले गर्दा विकास भएको नेकपाको पार्टीगत धरातल निकै कमजोर भैसकेको अनुभूति गरेका नेता तथा कार्यकर्ताले आफ्नै पुरानो पार्टीका नेता तथा कार्यकर्तालाई तह लगाउँदै आफू नेतृत्वमा आउने अभ्यास गर्न थाले । यस्ता कार्यबाट विक्षिप्त भएका गुठ विहिन निष्ठावान नेता तथा कार्यकताको पार्टीमा कुनै खोजि हुने काम भएन र मुल्यांकन गरिन छाडियो । यति सम्म कि तिनीहरुको पार्टी भित्र खडेरी त लाग्यो नै बरु पार्टी हितका विषयमा दिने गरेका राय सुझावहरुलाई पनि वेवास्ता गरिन बरु त्यसलाई सर्पको विष सरह मानियो । चुनाव हामीले जितेका हौं, तिमिहरुको कुनै आवस्यकता छैन भन्ने हेयका शब्दहरु प्रयोग गरिनुले पार्टीमा बौद्धिकताको कदर हुने त परको कुरा त्यसलाई पुरै प्रतिकार गर्ने जमात खडा गरियो । जसले दुई टाउको जोडेर एउटै पार्टी बनाएको थियो उसैले यि सारा तमासाहरु देखेर पहलिो पटक त्यति धेरै खुसी भयो जतिबेला यो दौडको दुरी टाडिएको थिएन ।

के थियो चुरो ?
त्यसबेला पार्टीको एकिकरणपछि चुनावमा उसले बहुमत सजिलै ल्याउने र जनताको मन जित्न सफल नेपालको कम्युनिष्ट पार्टीलाई आफू अनुकुल प्रयोगमा ल्याउने अवस्था सजिलो थियो । नेपाल वाहिरको यहि नीतिबाट विकसित पार्टीले चुनाव पश्चात दुईतिहाई नजिक वहुमतको सरकार गठन गर्दै सरकार संचालनको जिम्मा केपी शर्मा ओली र पार्टी संचालन गर्ने काममा भने केपी ओली र प्रचण्डको संयुक्त भूमिका रहने विषयमा सहमति भएको थियो । सूररुका दिनमा सरकारले आफ्नै ढंगबाट काम गरिरह्यो भनेर आवाज उठेन बरु दुवै अध्यक्षको एउटै मुटु र टाउका मात्र दुईवटा भएको भन्ने भ्रम आम नागरिकमा लैजानु सरासर गल्ति थियो भनेर ठानेनन् । कमरेड प्रचण्डले निकै फुर्तिका साथ आफूले नेपालको कम्युनिष्ट आन्दोलनलाई पूर्णता दिन यो अवसर सिर्जना गरेको हो भनेर बोल्न थाकेनन् । उता अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रचण्डलाई पहिले देखिनै चिनेको तर व्यवहारिक रुपमा एकै स्थान तथा एउटै ठाउँमा बस्ने अवसर ईतिहासले बल्ल पुरा गराएको भन्दा सुन्ने जति सबै चकित हुनु स्वभाविक थियो । नेपालको पुरानो पार्टी नेपाली कांग्रेससँगको व्यवहारिक उठबसमा भारत, चीन अमेरेकी समेत जानकार थियो तर चीनको सिल्करोड नीतिलाई विस्थापन गराउनु अमेरिकाको लागि फलामको च्युरा चपाय सरहनै थियो । अमेरिकाले अवको भविष्य आर्थिक विकासबाट नै राजनीतिलाई स्थायित्व हुने कुरामा धेरै पहिलाबाटै परिचित रहनाले उसका लागि चीन अबरोधका रुपमा रहेको विश्लेषण थियो । अर्कातिर नेपालको राजनीतिमा पश्चिमाहरुको दब्दबा स्वरुप युरोपियन युनियनको प्रभाव निकै तिव्र गतिमा फैलिएको अवस्थामा भारतको प्रभाव विस्तारै निस्तेज बन्दै जानु स्वभाविक थियो ।

चारै तर्फका शक्ति सम्पन्न देशहरुको प्रभावमा रुमलिएको नेपालको राजनीतिको गति कुन दिशा हो भनेर ठम्याउनु सजिलो थिएन । चीनले सिल्करोड मार्फत विश्व बजारको ठुलो हिस्सा हात पारिरहेको अवस्थामा त्यसलाई विकासिल देशमा निस्तेज पार्न अमेरिकाबाट परिचालित एमसीसी अर्को रणनीतिक योजनाको रुपमा अगाडी सारिएको थियो । उक्त आयोजना मार्फत अमेरिकाले एसियाबाट आफूले गुमाएको बजारको हिस्सा सहित त्यसको सावाँ र ब्याज भुक्तानिका लागि लाग्नु उसका लागि बलियो कुटनीति थियो । त्यसकारण नेपाली कांग्रेसका अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीका पालामा हस्ताक्षर भएको एमसीसीले पूर्णता नपाएको कुरामा अमेरिका जानकार थियो । यता इयुको सक्तियता देखेर आफूलाई चलायमान बनाएको चीनको सक्तियता रोकिने अवस्थामा थिएन त्यसै कारण नेपालका परिर्वतनकारी ठुला कम्युनिष्ट दलहरु एक ठाउँमा राखेर आफ्नै अनुकुलमा प्रयोग गराउने अभयासको प्रयोगशालाका रुपमा तत्कालिन नेकपा जन्मिएको थियो । सूरुमा आधा आधा समय प्रधानमन्त्री बनाउने भनिएकोमा पछि त्यसलाई परिमार्जन गराईएको घटनामा स्वयम दलका नेताहरु जानकार थिए ।

एकातिर अमेरिकाको एमसीसी सदनबाट पारित जसरी पनि गराउनु पर्ने भपेतटामा पार्टी नेतृत्व थियो भने अर्कातिर चीनको खबर्दार भन्ने सांकेतबाट आएको भनाईले निद हराम गराएको थियो । पछिल्लो समयसम्म आईपुग्दा सरकारलाई अमेरिकाको दवाव थियो भने प्रचण्डलाई चीनको समर्थन थियो । यि दुबै शक्तिको विचमा राजनीतिक ओझ कायम गराई राख्नु सजिलो त थिएन नै त्यसका अलावा पछिल्लो समयमा सरकारलाई भारतको अघोषित प्रभावले पासाको गोटी मोड्न बाध्य बनाउँदै आयो । पार्टीको भविष्य अव धेरै नटिक्ने विषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डलाई राम्रैसँग थाहा थियो । वाहिरी शक्तिको दब्दबाबाट कसरी उन्मुक्त हुने भन्ने विषयमा दुवै चिन्तित थिए । पार्टी भित्रका नेताहरुको वितृष्णालाई जोड घटाउका रुपमा हिसाव मिलान गर्ने क्षमता बढाएका ओली माधवकुमार नेपालको हिस्सालाई सधैका लागि दवाउन सामान्य ठान्दै सोहि अनुसारका कृयाकलाप प्रचण्डको सहमतिबाटै गर्दै आएको कुरामा स्वयम जानकार थिए । प्रचण्डले आफुलाई कमरेड ओलीबाट ठुलो सहयोग मिलेको कुरा थाहा थियो तर यसलाई आम नागरिक माथि लैजान चाहेका थिएनन् । यस्तो काम गर्न दुवै अध्यक्षको आन्तरिक सहमति र समझदारि थियो जसमा अन्य नेतालाई थाहा थिएन तर उक्त कुराको केहि हिस्सा अन्तिम समयमा आएर ईश्वर पोखरेल जानकार हुँदै थिए ।

किन टुल्यो एकता ?
पार्टी पूर्ण रुपमा एकिकरण नहुने कुरा नेकपाका दुवै अध्यक्षलाई मात्र थाहा थियो । सुरुका समयमा दुवैको सल्लाह र सहमतिमा सरकार तथा पार्टीको कामकाज साठी चालिसमा संचालन गरियो । पछिल्लो समयमा प्रचण्ड स्वयमलाई पार्टी भित्रबाट असहयोग हुँदै गर्दा ओलिले साथ दिएका थिए त्यसको मूल मर्म भनेकै एमसीसी सदनबाट पास गराउनु थियो । उक्त कामका लागि आफूले पुरापुर ओलिलाई साथ दिने बचन दिएका प्रचण्ड चाईनाको प्रभावबाट प्रधानमन्त्री ओलिलाई साथ दिन नसक्ने अवस्थामा पुगेपछि सो परिघटनाबाट बच्न तत्कालिन सभामुख कृष्णवहादुर महरालाई आफु अनुकुल बनाएको कुरामा स्वयम केपी शर्मा ओलि जानकार रहेकाले विकसित परिघटनाले नयाँ स्वरुप लिएको सजिलै अनुमान लगाए । सदनमा प्रधानमन्त्रीको अग्रह तथा चासो रहँदा रहँदै एमसीसी टेवल हुन नसक्दा नसक्दै यौनकाण्ड अभियोगमा पर्दा सभामुख महराले पदबाट राजिनामा दिए । यो घटना सन्सनीपूर्ण बन्यो तर पार्टीले यसलाई बजारिकरण गर्न दिएन । पुनः दुई अध्यक्ष विच पहिलेको सहमति कार्यान्वयन गर्ने विषयमा आन्तरिक सहमति बनेकाले उक्त सहमति कार्यान्वन गराउने जिम्मा सहित सभामुखमा अग्निप्रसाद सापकोटा पद वहालि हुन पुगे । चीन, अमेरिका र भारतको त्रिपक्षिय ध्रुवको शक्ति विचमा नेपालका राजनीतिक दलको नेतृत्व टिकिरहनु सजिलो थिएन ।

चारैतिरबाट घेरिएको घेराबन्दीले आफू उन्किन नसक्ने र कुनै वहानामा सदनलाई समाप्त पार्नु नै उचित हुनेमा वालुवाटारको निश्कर्ष थियो । यस्तो निष्कर्शले स्वयम दुवै अध्यक्षलाई हित हुने कुरामा प्रधानमन्त्रीको विश्वास थियो । अतः यो एकता निश्चित मिशन पुरा गराउने हेतुबाट गठन भएकाले मिसनको सबै काम पुरा गराउन नसकिने वातावरणले गर्दा यसको विश्राम यहिँ लागाउने तर दोष कसले लिने भन्नेमा विषयमा कुरा मिल्न सकेन र विस्तारै एकले अर्कालाई आलोचना गर्न थालेका थिए । पार्टी एकता गर्ने सवालमा नेकपा निर्वाचन आयोगमा अकौका नाममा दल दर्ता गरेको कुरामा सबै जानकार थिए तर एकता मिशनका लागि भएकाले नै यसो गर्दा भोलि उठ्ने कानूनी प्रश्नबाट दुवैदल आ–आफ्नै हैसियतमा फर्कन सजिलो हुने कुरा मिसनका डिजायनरले बताएका थिए । डिजायन अनुसार मिसनमा रहेर काम गर्न नसक्ने हुँदा यसलाई जति सक्दो छिटो भत्काउन दुवै अध्यक्षको मनोभाव स्वरुप नयाँ पात्रका रुपमा माधवकुमार नेपाललाई खगा गरियो र पार्टि भित्र काम गर्न दिईएन भन्ने आवाजहरु वाहिर आए ।

जनतालाई देखाउन निकै राम्रा र भद्र भावहरु वाहिर आयो । एउटाले ठिक र अर्कोले वेठिक गरेको प्रचारहरु गरिए । प्रतिपक्ष दल मौन रहने काम बाहेक केहि गर्न सकेन । नेताहरु चारतिर फर्किए साथै एकले अर्काको विरोध गरिरहे । यसैको पेरिफेरिमा रहेर भारतको समेत तिक्तता मेटाउन अघोसित सहभागिता सहित सदन विघठनको सिफरिस गर्दा न्यायालयले दुवै पार्टीलाई सुरक्षित अवतरण गराउन सजिलो हुने निष्कर्शबाट राष्ट्रपतिले विघठन गरिएको सदन पुनर वहालिका विषयमा सर्वाेच्च अदालतले सदन वहालि गराईदिए तापनि विधिवत नेकपालाई अगल गराएर एउटा मध्याय समापन गरिदियो । अब पहिलाका सबै सहमतिहरुले काम नगर्ने हुँदा वाहिरी शक्तिको चापबाट तत्कालका लागि केहि राहत मिले तापनि भोलिका दिनमा कुनै पनि दलले सरकारमा रहेर सजिलैसँग काम गर्न सक्ने वातावरण छैन । यति वेला कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको कुराको ठहर गर्दै राष्ट्रपतिबाट चुनावको मिति घोषणा गर्दै सदन विघठन भएको सवाल पुन न्यायालयको ढोकामा पुगेको छ । न्यायालयले एउटा निचोड त अवस्य दिनेनै छ तर नेपालको चलायमान राजनीतिमा कोरोनाको भन्दा चर्को प्रभाव न्युनभएर जाने कुनै ग्यारेन्टि देखिएको छैन । चुनाव भयो भने पनि त्यसले भोलिका दिनमा स्थिर सरकार कसरी दिन सक्ला त भन्न्े आम सवाल जनताले उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्