अस्ताए एमालेका नेता तथा काभ्रेली युवाका ढुकढुकी -लेखराज गौतम



पूर्व युवा संघ काभ्रेका अध्यक्ष तथा केन्द्रिय सदस्य, नेकपा एमाले चौरीदेउराली गाउँ पालिकाका पार्टी अध्यक्ष अधिवक्ता लेखराज गौतमको उपचारको क्रममा काठमाण्डौको ओम अस्पतालमा सोमबार निधन भएको छ।

२ हप्ताअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको अवस्था जटिल बन्दै गएपछि एक हप्ता अघि भेण्टिलेटर मार्फत उपचार भै रहेको थियो। कोरोना लागेपछि अस्पताल भर्ना भएका उनलाई अरु रोग भए नभएको खुल्न आएको छैन।

कलिलो उमेरदेखि कम्युनिष्ट पार्टीमा लागेका गौतम २०५४ सालमा जिविस सदस्य भएका थिएभने गत निर्वाचनमा चौरीदेउरालीबाट अध्यक्षका प्रत्यासी थिए।

प्रतिक्रिया दिनुहोस्