प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक



PM_KP_Oli

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

पछिल्लो राजनीतिक अवस्थासहित माधव नेपाल पक्षलाई गरिएको कारबाही फुकुवालगायतका एजेण्डासहित बैठक बसेको एक नेताले बताए ।

स्थायी कमिटी बैठकअघि महासचिव विष्णु पौडेलले नेता नेपाललाई भेटेर छलफल गरेका थिए । सो छलफलमा भएका विषय सार्वजनिक भएका छैनन् । यद्यपि यो भेटलाई एमालेको आन्तरिक एकता मजबुत बनाउने प्रयासको रुपमा हेरिएको छ ।

गत सोमबारको संसद बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न दलहरुलाई दिएको तीनदिने म्याद आज सकिंदै छ ।

प्रतिक्रिया दिनुहोस्