कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन



काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा.अनुप बाँस्तोलाले बताए।

प्रतिक्रिया दिनुहोस्