प्रधानमन्त्री अ‍ोलीले बोलाए संवैधानिक परिषद् बैठक



PM_KP_Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले आइतबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन्। समावेशी आयोगले पनि पूर्णता पाएको छैन।

प्रतिक्रिया दिनुहोस्