वार्ता र लचकता दुवै अपनाउँछौं, भ्रममा नपरौं : माधवकुमार नेपाल



काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लचकता दुवै अपनाउने बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् ।

वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन, नेता नेपालले लेखेका छन् । २ जेठ २०७५ को पार्टी कमिटी विधान र नेतृत्वको बटम लाइनमा अडिग रहेको पनि नेपालले लेखेका छन् । ‘

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेको कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिन पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्