एमाले बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्