दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ घाइते



दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् ।

बा १३ च ८०४८ नम्बरको स्कारपियो गएराति घोराही उपमहानगरपालिका वडा नं.४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं.१६ का २८ वर्षीय गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्