पूर्वरानी कोमल शाहको आईसीयूमा उपचार हुँदै, स्वास्थ्यमा सुधार



काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ ।

११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्