दाङ घटनाको सत्य तथ्य छानबिन गरियोस : तिर्थ सुनार



काठमाडौं । समाजसेवी तथा युवा नेता तीर्थ सुनारले दाङ घटनाका दोषीलाई कार्वाही गरि पीडितलाई क्षतिपूर्ति र न्याय प्रदान गर्न माग गरेका छन् ।

बैशाख १८ गते दाङ जिल्लामा तिन बालकको शव कार भित्र भेटिएको थियो । मृत भेटिएका तीन नाबालकहरु तुलसीपुर–६ गाईडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा र करण परियार रहेको आफन्तले बताएका छन् । सुवर्ण र किरण दाजुभाइका छोरा हुन ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीनवटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कार भित्र तीन बालकको शव भेटिएको हो ।

यस घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्न तिर्थ सुनारले माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्