वैशाख २२ र २३ गते सांसदको पीसीआर परीक्षण



काठमाडौं । वैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सांसदको पीसीआर परीक्षणका लागि संसद्‍ भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरिने छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कोरोना परीक्षण हुन लागेको हो । संसदसँगै संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय रिपोर्टिङमा खटिने पत्रकारको स्वाब संकलन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्