कोरोना संक्रमणपछि कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा रहेका भण्डारीलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्केका भण्डारीको वैशाख १८ गते स्वाब परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्