मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा



मकवानपुर । मकवानपुरमा सोमबारदेखि वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् ।

यही वैशाख १७ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्