कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।