जनगणना सम्बन्धी तालिम स्थगित

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ ।
कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो ।
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए ।
जनगणनासँग सम्बन्धी थप निर्णय गर्ने राष्ट्रिय योजना आयोगका तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ ।