मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति नगर्न प्रदेश प्रमुखसँग विपक्षी दलको माग



बुटवल । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् ।

तर पोखरेलले आफूसंग ४१ सांसदको बहुमत रहेको दावी गर्दै एकल वहुमतको सरकारको मुख्यमन्त्रीमा नियुक्ति र सपथको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्