विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री पोखरेललाई थियो : ओनसरी



बुटवल । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री शंकर पोखरेललाई भएको दाबी गरेकी छन् ।

पोखरेलले आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै नेकपा एमालेले प्रदेशसभामा हाल कायम सदस्य ८१ को बहुमत अर्थात ४१ सदस्य आफूसँग भएकाले संविधानको धारा १६८ (१) अनुसार पोखरेलकै नेतृत्वमा एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेको थियो ।

तर दाङ ३ (ख) मा भएको उपचुनावमा साबिकको नेकपाबाट निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेपछि एमालेको एकल बहुमतको दाबी खण्डित भएको छ ।

प्रतिक्रिया दिनुहोस्