प्रधानमन्त्री ओलीले भने : ‘सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने अवसर आयो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको सदुपयोग गर्दै सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने अवसर आएको बताएका छन् ।

राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सूचना प्रविधिको उच्चतम उपयोग र सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउँदै आम नागरिकलाई कम समय र कम खर्चमा विनाझन्झट, विना हैरानी, सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्ने तथा जो जहाँ रहे पनि फेस टु फेस सम्पर्क, सरसल्लाह, छलफल, परामर्श जस्ता कुराहरु गर्ने अवसर आज हामीलाई प्राप्त भएको छ ।’

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम, उत्तरदक्षिण एवम् जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको निर्माण एवम् विस्तार द्रुतरुपमा अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्